असार २६, २०८२ बिहिबार July 10, 2025

फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित

प्रतियोगिताको विजेताले रु १० लाख पाँच सय ५५ तथा उपविजेताले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर, ७ पुस : पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले झापा–११ फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।

फिदिम माविको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्रले झापा–११ माथि ५–० गोलअन्तरको जित निकालेको हो । खेलमा हाबी देखिएको मच्छिन्द्रले झापा–११ माथि गोल फर्काउने कुनै मौका दिएन ।

मच्छिन्द्रका लागि खेलको ११औँ मिनेटमा देवेन्द्र तामाङ, ३०औँ मिनेटमा उत्सव राई, पहिलो हाफको अतिरिक्त समयमा बिजु भुजेल, खेलको ७९औँ मिनेटमा सौरभ सुब्बा र ९०औँ मिनेटमा पुनः बिजु भुजेलले गोल गरेका थिए । जितसँगै मच्छिन्द्र प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजको खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका बिजु भुजेल घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत सोमबार हुने क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटवल क्लब, काठमाडौँ र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले रु १० लाख पाँच सय ५५ तथा उपविजेताले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार