असार २४, २०८२ मंगलबार July 8, 2025

टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

दुर्घटनामा दुई पाइलट, एक चिकित्सक र एक कर्मचारीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टर्कीको दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन्।

मुग्ला प्रान्तका गभर्नर इद्रिस अकबियिकले भने, ‘उडानभर्ने क्रममा अस्पतालको चौथो तल्लामा ठोक्किएर हेलिकप्टर भुइँमा खसेको र दुर्घटनामा दुई पाइलट, एक चिकित्सक र एक कर्मचारीको मृत्यु भएको छ।’

‘बाक्लो हुस्सु लागेको थियो,’ अकबियिकले भने, ‘अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्।’ एनटिभी टेलिभिजन च्यानलले प्रसारण गरेको तस्बिरमा देखाइएझैं मुग्लाको अस्पतालको छतबाट उडान गरी अन्टाल्या शहरतर्फ जाँदै गरेको हेलिकप्टर उडानका लागि उपयुक्त भिजिभिलिटीको कारण दुर्घटना भएको देखिन्छ।

टर्कीका सञ्चार माध्यमका अनुसार हेलिकप्टर उडेको केही मिनेटपछि कुहिरोमा डुबेको र त्यसपछि अस्पतालको छेउमा रहेको खाली खेतमा खसेको थियो।

टर्कीको दक्षिणपश्चिमी इस्पार्टा प्रान्तमा सेनाको प्रशिक्षण अभ्यासका क्रममा दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा ६ सैनिकको मृत्यु भएको दुई साता नबित्दै उक्त दुर्घटना भएको हो। त्यतिबेला रक्षा मन्त्रालयले हेलिकप्टर दुर्घटनाको कारण खुलाएको थिएन।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार