असार २५, २०८२ बुधबार July 9, 2025

न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज झापा कप उपाधिका लागि भिड्दै

प्रतिस्पर्धाका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, पुस ८ गते । झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ  ।

गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का पारेको हो ।  यो प्रतिस्पर्धाका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार पाउने छन् ।

गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो ।

यसैबीच, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आ–आफ्ना टोलीले उपाधि जित्ने बताउनुभएको छ । आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’मा उहाँहरूले जित आफ्नो पक्षमा पर्ने बताउनुभएको हो ।

प्रतियोगितामा झापा–११ फुटबल क्लबसहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार