असार २६, २०८२ बिहिबार July 10, 2025

क्रसकन्ट्री दौडको उपाधी आर्मीका धावक करणले जिते

महिला खुलातर्फ १० किमिमा रविना बुढामगर १ घण्टा १२ मिनेट २६ सेकेन्डबाट विजेता बनिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्याङ्जा । आर्मीका धावक करण रावलले कोल्मा क्रसकन्ट्री दौडको उपाधि जितेका छन् । सोमबार पुतलीबजार नगरपालिका–९ कोल्मामा भएको पाँचौं संस्करणको क्रसकन्ट्री दौड करणले एक घण्टा २७ मिनेट ५२ सेकेन्डमा पार गर्दै च्याम्पियन बने । उनले ५० हजार रुपैयाँ जिते ।

आर्मीकी टंकबहादुर कार्की दोस्रो र रमेश लिम्बू तेस्रो भए । २५ किलोमिटरको दूरी टंकले १ घण्टा ३२ मिनेट ९ सेकेन्ड र रमेशले १ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पूरा गरे । टंकले ४० हजार र रमेशले ३० हजार पाए ।

रुकुमका दुर्गाराज बुढा १ घण्टा ३८ मिनेट १३ सेकेन्डबाट चौथो भए । दौड कोल्मा बराहचौरबाट सुरु भई सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन: बराहचौरमा आएर टुंगिएको आयोजक सातसय कोल्मा बाहकोट सम्पर्क मञ्चका महासचिव जीवन पोखरेलले बताए । २१ वर्षमुनि पुरुषतर्फ १० किमितर्फ सनम गुरुङ विजेता बने । उनले ४६ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरे ।

पदमबहादुर मानन्धर दोस्रो र रुद्र बुढाथोकी तेस्रो भए । उनीहरूले क्रमश: ४९ मिनेट ३५ सेकेन्ड र ५० मिनेट १४ सेकेन्ड लगाए । विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाए ।

महिला खुलातर्फ १० किमिमा रविना बुढामगर १ घण्टा १२ मिनेट २६ सेकेन्डबाट विजेता बनिन् । विमला मानन्धरले १ घण्टा १५ मिनेट २८ सेकेन्डबाट दोस्रो भइन् । रविनाले १५ हजार र विमलाले १० हजार जिते ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार