असार २५, २०८२ बुधबार July 9, 2025

फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा

तेश्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र विराटनगर सीटी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर। न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब, काठमाडौं फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजीत गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो। कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ। मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाचौँ र १५औँ मिनेटमा गोल गरेका थिए। यस्तै आदित्य शाक्यले ४३औँ, मनिष डाँगीले ५६औँ, सञ्जय श्रेष्ठले ६२औँ र सौरभ सुब्बाले ८५औँ मिनेटमा गोल गरे। न्यू स्टारका लागि सुशील राईले १३औँ र सन्दीप श्रेष्ठले ६७औँ मिनेटमा गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत बुधबार तेश्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र विराटनगर सीटी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिए।

यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजीत गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमीफाइनलमा पुगिसकेको छ। यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले रू १० लाख तथा उपविजेताले रू पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने छन्। विधागत रूपमा उत्कृष्ट खेलाडीहरू, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार