असार २८, २०८२ शनिबार July 12, 2025

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका भेटिए

डुडुवामा पछिल्लो समय कुपोषण भएका बालबालिका घट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज १० पुसः बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् ।

“पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ । यद्यपि जिल्लाका आठ वटै स्थानीय तहमा चालु आवको पाँच महिनामा एक हजार पाँच सय ८८ बालबालिका फेला परेका छन्”, जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन अधिकृत देवनारायण उपाध्यायले भन्नुभयो ।

उहाँले कुपोषणको अवस्थामा रहेका बालबालिकालाई लक्षित गरेर सङ्घ, प्रदेश र स्थानीय सररकारले पोषण विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै सबैभन्दा बढी मधेसी र मुश्लिम समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको बताउनुभयो ।

समाजमा रहेका विभिन्न समुदायमा फरकफरक अवस्थामा रहेका बालबालिकालाई कुपोषण भएको देखिएको अधिकृत उपाध्यायले उल्लेख गर्नुभयो । उहाँका अनुसार सबैभन्दा बढी जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा कुपोषणका बालबालिका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिकामा तीन ७४, नरैनापुर गाउँपालिकामा तीन सय ५१, नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय २०, डुडुवा गाउँपालिकमा एक सय सात बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।

राप्ती सोनारी गाउँपालिकामा एक सय ५०, कोहलपुर नगरपालिकामा ६०, बैजनाथ गाउँपालिकामा दुई सय ३५ र खजुरा गाउँपालिकामा ९१ गरी एक हजार पाँच सय ८८ बालबालिकामा कुपोषण रहेको पोषण फोकल पर्सन उपाध्यायले जानकारी दिनुभयो । सबै तहका सरकारबाट जनचेतनामूलक कार्यक्रमसहित पोषण विशेष कार्यक्रममार्फत बालबालिकामा पुगिएको उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले बालबालिकामा देखिएको कुपोषण घट्दोमा अवस्थामा देखिए पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै जसरी घट्नुपर्ने त्यसरी नघटेको बताउनुभयो ।

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले डुडुवामा पछिल्लो समय कुपोषण भएका बालबालिका घट्दै गएको जानकारी दिँदै ती बालबालिका सङ्क्रमण मुक्त भएका उल्लेख गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार