असार २५, २०८२ बुधबार July 9, 2025

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता जनवरीमा हुँदै

क्वली राउन्डको लागि उपयुक्त ठाउँ छिटै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा गरिने 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशनको (खुल्ला आरोहण प्रतियोगिता) पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना हुने भएको छ ।

उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो ।

यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता आगामी जनवरी २९ र ३० तारिख (माघ १६ र १७ गते)का दिन हुने छ । क्वली राउन्डको लागि उपयुक्त ठाउँ छिटै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा गरिने शेर्पाले बताउनुभयो  । उक्त प्रतियोगिता दुई चरणमा हुनेछ ।

प्रतियोगिताको संयोजक समेत रहनुभएका संस्थापक अध्यक्ष शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाको नाममा उक्त प्रतियोगिता गर्न लागेको बताउनुभयो । वहाँले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । वहाँले भन्नुभयो, ‘हामीले अमेरिकामा पनि टप रोप अडिसन आयोजना गर्दै आएकाले नेपालमा पनि टप रोप अडिसन पहिलो पटक आयोजना गरिसकेकाले यसपटक दोस्रो एडिसनकाे पनि आफ्नै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौँ, यसबाट साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।’ साथै, गत वर्ष पहिलो पटक गरिएको उक्त प्रतियोगिता आयोजनाले युवाहरूमा राम्रो छाप परेको शेर्पाले सुनाउनुभयो ।

संस्थापक अध्यक्ष शेर्पाका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिने छ ।  प्रतियोगितामा भाग लिन ५ सय लाग्ने छ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथि उमेर समूहले सहभागिता जनाउन सक्ने छन् ।’

कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहार्द्यता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका सह संयोजक तथा नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले बताउनुभयो । वहाँले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रदासुमन एवं श्रद्धाञ्जली पनि हो ।’

आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । यस पटकको प्रतियोगितामा पुरुषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउने छन् । त्यसैरीगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसले प्राविधिक जिम्मेवारी समाल्ने छ । यूएसएनसीए(यू.एस.नेपाल क्लाइम्बरस एशोसिएसन) र एनएनएमजीए(नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन) बीच प्रत्येक वर्ष पालैपालो कोडिनेटर हुने गरी कार्यक्रम सञ्चालन गर्ने सहमति(एमओयू) भएको आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार