असार २५, २०८२ बुधबार July 9, 2025

मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स

रामजानकी मन्दिरबाट सुरु हुने ट्रफी परेड सोमबार सप्तरीको राजविराज पुगेर पूरा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ पुसः नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठ वटै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।

आज राति जनकपुरधाम पुगेको टोलीले भोलिदेखि ट्रफी परेड सुरु गर्ने भएको जनकपुर बोल्ट्सले जनाएको छ । रामजानकी मन्दिरबाट सुरु हुने ट्रफी परेड सोमबार सप्तरीको राजविराज पुगेर पूरा हुने जनाइएको छ ।

जनकपुर बोल्ट्सका अनुसार पहिलो दिन भोलि धनुषाको रामजानकी मन्दिरबाट ट्रफी परेड सुरु हुनेछ । शुक्रबार रामजानकी मन्दिरबाट सुरु हुने परेड रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुने जनाइएको छ ।

दोस्रो दिन महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड आयोजना गरिने जनाइएको छ । बोल्ट्सका अनुसार चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा हुनेछ कार्यतालिका छ ।

जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पाँच विकेटले पराजित गर्दै उपाधि चुमेको हो । जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख पुरस्कार प्राप्त गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार