असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तान आक्रमणको छानबिन गर्न राष्ट्रसङ्घीय निकायको आग्रह

आक्रमणमा गाउँका ढोका र झ्यालहरू भत्किएको र घरहरू र एक इस्लामिक विद्यालय ध्वस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय नियोगले बुधबार अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणमा सर्वसाधारणसहित ४६ जनाको मृत्यु भएको भन्दै त्यसको छानबिन गर्न माग गरेको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (युएनएएमए) ले डिसेम्बर २४ मा अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौं सर्वसाधारणको मृत्यु भएको विश्वसनीय रिपोर्ट प्राप्त भएको जनाएको छ ।

“अन्तर्राष्ट्रिय कानून अनुसार नागरिक क्षति रोक्न आवश्यक सावधानी अपनाउन सैन्य बलले जवाफदेहिता बहन गर्नुपर्छ”, युएनएएमएले एक विज्ञप्तिमा भनेको छ, “जवाफदेहीता सुनिश्चित गर्न अनुसन्धान आवश्यक छ।”

तालिबान सरकारले मृत्यु हुनेमा ४६ जना महिला र बालबालिका रहेको र अन्य छ जना घाइते भएको जनाएको छ ।

पाकिस्तानका एक सुरक्षा अधिकारीले बुधबार एएफपीलाई बताएअनुसार उक्त गोलाबारी ‘आतङ्कवादी लुकेका स्थानहरू’ लाई लक्षित गरी गरिएको थियो र कम्तीमा २० जना लडाकूहरू मारिएका थिए’।

तालिवान अधिकारीहरूले आह्वान गरेको उक्त क्षेत्रको पत्रकार भ्रमणका क्रममा एएएफपी सम्वाददाताले पाकिस्तानी सीमाबाट करिब २०–३० किलोमिटर (१०–२० माइल) टाढा तीन स्थानमा चारवटा इँटाका भवनहरू भग्नावशेषमा परिणत भएको देखेको बताएका छन् ।

एएफपी सम्बाददाताले स्थानीय बासिन्दासँग कुरा गर्दै अबेर साँझ भएको आक्रमणमा गाउँका ढोका र झ्यालहरू भत्किएको र घरहरू र एक इस्लामिक विद्यालय ध्वस्त भएको बताएका छन्।

कैयौँ बासिन्दाले घरहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि भग्नावशेषबाट शवहरू निकालेको र एकै परिवारका धेरै सदस्यहरूको मृत्यु भएको बताएका छन् ।

अफगानिस्तानका सीमा तथा जनजातीय मामिलामन्त्री नुरुल्लाह नुरीले उक्त आक्रमणलाई ‘क्रूर र घमण्डी आक्रमण’ भनेका छन् ।

“यो अस्वीकार्य छ र अफगानिस्तानले यसलाई अनुत्तरित छोड्ने छैन,” स्थलगत भ्रमणका क्रममा उहाँले भन्नुभयो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले आक्रमणको पुष्टि नगरे पनि बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “हाम्रा सुरक्षाकर्मीले तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायत आतङ्कवादी समूहबाट पाकिस्तानीलाई जोगाउन सीमा क्षेत्रमा अपरेसन सञ्चालन गरिरहेका छन् ।”

उहाँले टिटिपीलाई सङ्केत गर्दै भन्नुभयो, “अफगानी तालिवान समूहसँग वैचारिक समानता भएको पाकिस्तानी तालिबान समूहलाई पाकिस्तानमा आतङ्कवादी समूहका रूपमा हेरिन्छ ।  रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार