असार २४, २०८२ मंगलबार July 8, 2025

भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन

भारतको अर्थ सुधारक वित्तमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १२ गते । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बिहीबार साँझ बेहोस भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुनुभएका डा. सिंहको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले मेडिकल बुलेटिन जारी गरी सिंहको निधन भएको पुष्टि गरेको छ ।

सन् १९३२ सेप्टेम्बर २६ मा पन्जाब प्रान्तको एक गाउँमा जन्मनुभएका डा. सिंह कांग्रेस आईबाट सन् २००४ देखि २०१४ सम्म दुई कार्यकालका लागि लगातार भारतको प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा समेत चिनिनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया