असार २८, २०८२ शनिबार July 12, 2025

सेवाको गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री सिंहको निर्देशन

नागरिकमैत्री सेवालाई कायम राख्न जस्तोसुकै समस्या पर्दा सहयोग गर्न प्रदेश सरकार तत्पर रहने  प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मलङ्गवा (सर्लाही) । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अस्पतालको सेवा, सुविधा र गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।

आज प्रादेशिक अस्पताल मलङ्गवाको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले स्वास्थ्यकर्मीलाई भगवान् रुपी संज्ञा दिएकाले त्यसैअनुसार काम गर्न आग्रह समेत गर्नुभयो ।

मलङ्गवा प्रादेशिक अस्पतालले हाल प्रदान गरिरहेको नागरिकमैत्री सेवालाई कायम राख्न जस्तोसुकै समस्या पर्दा सहयोग गर्न प्रदेश सरकार तत्पर रहने  प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रदेश सरकारको तीन करोड आठ लाख लागतमा निर्माण सम्पन्न तीनतले अस्पताल भवनको मुख्यमन्त्री सिंह र प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले संयुक्त रुपमा आज उद्घाटन गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ देखि निर्माण सुरु भएको उक्त भवन आव २०८०÷८१ मा निर्माण सम्पन्न भएको थियो । प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार