असार २५, २०८२ बुधबार July 9, 2025

फाल्गुनन्द गोल्डकप : फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलले हराउँदै चर्च व्वाइज फाइनलमा

शनिबार हुने अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई हराउँदै चर्च व्वाइज फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार फिदिम मावि खेल मैदानमा भएको पहिलो सेमी फाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई काठमाडौँको चर्च व्वाइज युनाइटेड क्लबले ३–१ गोल अन्तरले पराजित गर्दे फाइनलको यात्रा तय गरेको हो ।

आयोजकका दिनेश शेर्माले खेलको ४३औँ मिनेटमा १ गोल गरी अग्रता लिए पनि अग्रता कायम गर्न सकेन । चर्च व्वाइजका तर्फबाट समिर तामाङ, फोफोना अबायोमी र अर्माण्ड बेडमले समान १/१ गोल गरे ।

खेलको म्यान अफ द म्याच चर्च व्वाइजका फोफोना अबायोमी घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

शनिबार हुने अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फिदिम स्पोर्टिङ क्लबको आयोजनामा आगामी पुस १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछन् ।

यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १०÷ १० हजार प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार