गुल्मी । गुल्मी जिल्लामा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
खुकुरी युथ क्लब तम्घास गुल्मीको आयोजनामा पुस १६ गतेदेखि २० गतेसम्म प्रथम खुकुरी क्रिकेट कप २०८१ हुन लागेको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा गुल्मी जिल्ला अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको क्लबका सचिव निशान टण्डनले बताउनुभयो । क्लबको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रथम खुकुरी क्रिकेट कप हुन लागेको हो ।
पाँच दिनसम्म चिदिचौर खेल मैदानमा चल्ने प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाउने क्लबका सचिव टण्डनले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले २२हजार २२२ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् ।
द्धितिय हुने प्रतियोगीले ११ हजार १११ रुपैयाँ पाउने सचिव टण्डनले बताउनुभयो । खेल आइसिसीका नियम अनुसार हुने आयोजकले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया