असार २८, २०८२ शनिबार July 12, 2025

क्यानाडामा लहरे खोकीका बिरामी बढ्दै

यस वर्ष अहिलेसम्म लहरे खोकी (पर्टुसिस) का १९ हजारभन्दा बढी विरामीमा संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

क्यानडा, पुस १३ गते । क्यानाडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरेखोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

क्यानाडाका स्वास्थ्य अधिकारीहरूले यस वर्ष अहिलेसम्म लहरे खोकी (पर्टुसिस) का १९ हजारभन्दा बढी विरामीमा देखिएको छ । सामान्यतया, क्यानडामा एक हजारदेखि तीन हजारसम्म सङ्क्रमित भेटिने गरेकोमा यो वर्षको सङ्क्रमण दर निकै बढी भएको देखिन्छ, क्यानाडाको सिटीभी न्युजले जनाएको छ ।

क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकृत डा. थेरेसा टामले सन् २०२५ सम्ममा आफ्नो सबैभन्दा ठुलो स्वास्थ्य समस्याबारे उजागर गर्दै भन्नुभयो, “लहरे खोकीलाई वर्षौंसम्मको निरन्तर खोपद्वारा नियन्त्रण गरिएको थियो र यो फेरि आउनुको  एक कारण लहरे खोकीका लागि दिइने नियमित बाल्यकालको खोपमा अवरोध हो ।”

सिटीभी न्युजका अनुसार क्यानाडामा रुघाखोकीलाई ‘राष्ट्रिय स्तरमा देखिएको रोग’ काे रूपमा लिइन्छ र यसलाई क्यानेडियाली ‘नोटिफाइबल डिजिज सर्भिलेन्स सिस्टम’मार्फत निगरानी गरिन्छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार