असार २८, २०८२ शनिबार July 12, 2025

नेपालगञ्ज मेडिकल कलेजको ‘ओपिडी’ बन्द भएपछि बिरामी मर्कामा

कर्मचारीहरूको आन्दोलनका कारण समस्या उत्पन्न भई सेवा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । दैनिक करिब ८ सय बिरामीले ओपिडी सेवा लिइरहेको नेपालगञ्ज मेडिकल कलेजमा कर्मचारीहरूको आन्दोलनका कारण समस्या उत्पन्न भई सेवा प्रभावित भएको छ ।

कर्मचारीले विभिन्न माग राखेर निरन्तर आन्दोलन गरिरहँदा पुस ५ गतेदेखि ओपिडी सेवा ठप्प भएको छ । विभिन्न ७ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीका कारण मेडिकल कलेजको सेवा प्रभावित भएको हो । दुई सातादेखि चलेको आन्दोलनले मेडिकल कलेजको आपतकालीन सेवा बाहेक सबै सेवा बन्द भएका छन् ।

६ महिना अघि ज्ञापन पत्रमार्फत आफ्ना माग प्रस्तुत गरेको तर मागको कुनै पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलन परिचालन कमिटी संयोजक रत्ना गिरीले बताउनुभयो । २०८१ असार ४ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी सङ्गठनका सभापति समेत रहनुभएकी गिरीले संयुक्त हस्ताक्षर गरेर ७ बुँदे माग प्रस्तुत गर्नुभएको थियो ।

कर्मचारीहरूको मागमा तलब तथा भत्ता महँगी अनुरुप परिमार्जन गर्नुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति, पदोन्नति, स्थायी र नियुक्ति, अवकाश, उपदान, सामाजिक सुरक्षा कोष, शेयर र कर्मचारी कल्याणकारी कोष, स्वास्थ्य उपचार खर्च एवं सुविधा, हाजिरी र बिदा, अध्ययन एवं तालिम, संस्थागत सुधार लगायत विषय छन् । कर्मचारीले निरन्तर आन्दोलन गरिरहँदा पनि अस्पताल प्रशासनले कुनै सुनुवाई गरेको छैन । अस्पताल प्रशासनले संस्था घाटामा रहेकाले सुविधा बढाउन नसकिने बताउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार