असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानमा सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु

जाडोमा आफ्नो आवासीय घरहरू तताउन खोज्दा ग्यास सिलिन्डर विस्फोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोस्त, अफगानिस्तान । अफगानिस्तानको खोस्त प्रान्तमा शनिबार राति ग्यास सिलिन्डर विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् ।

खोस्ट प्रान्तीय सरकारका प्रवक्ता मुस्तगफिर गुरबाजले भन्नुभयो,“यो घटना प्रान्तको राजधानी खोस्ट सहरको बाहिरी भागमा रहेको एक आवासीय अपार्टमेन्टमा भएको थियो, जसमा एक महिला र तीन बालबालिका सहित चार जनाको मृत्यु भएको थियो ।”

गुरबाजका अनुसार घटना हुँदा परिवारका सदस्यले घर तातो पार्न खोजिरहेका थिए ।

अफगानिस्तानमा, मानिसहरूले जाडोमा आफ्नो आवासीय घरहरू तताउन ग्यास सिलिन्डर प्रयोग गर्ने सामान्य छ, जसले कहिलेकाहीँ घातक दुर्घटनाहरू हुँदै आएको छ । रासस/ सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया