असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

अमेरिकाको ३९ औँ राष्ट्रपति बनेका कार्टरले ऐतिहासिक काम गरेर नोबेल शान्ति पुरस्कार पाएका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ।

जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार एक सय वर्षको उमेरमा उनको निधन भएको हो । अमेरिकी समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टि गरेका छन्।

उनी १ अक्टुबर १९२४ मा जन्मिएका १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औँ राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया