असार २८, २०८२ शनिबार July 12, 2025

भैरहवामा १०० श्य्याको क्यान्सर अस्पताल बन्ने

क्यान्सर रोगबाट परिवारको सदस्य गुमाएका तथा क्यान्सर पीडितको परिवारले पनि लगानी गर्न मिल्नेगरी उच्च प्राथमिकतामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भैरहवामा १०० श्य्याको क्यान्सर अस्पताल बन्ने भएको छ । दुई वर्षभित्र सञ्चालनमा ल्याउनेगरी भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल बन्ने भएको हो ।

अमेरिकामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा. सागर पोखरेलसहित स्वास्थ्य क्षेत्रको टीमले ‘आफ्नै देशमा फर्केर केही गरौं’ भन्ने उद्देश्यसहित १ अर्ब ५० करोड रूपैयाँको लागतमा आउँदो २०८३ भित्र सञ्चालनमा ल्याउनेगरी जुटेका हुन् ।

अस्पतालबाट लुम्बिनी प्रदेश मात्र नभई भारतको उत्तरप्रदेश र बिहारसहित बिरामीले सेवा पाउनेछन् । युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रूपन्देहीमा विगत एक दशकदेखि सिद्धार्थनगर सिटी अस्पताल सञ्चालन गरिरहेका अर्जुन पौडेलको टीम क्यान्सर अस्पताल खोल्न जुटेको हो ।

क्यान्सरको उपचारको लागि अत्याधुनिक उपकरण लिनियर एक्सिलेटरको सुविधासहित सञ्चालन हुने अस्पतालको नाम सुमित्रा मेमोरियल क्यान्सर अस्पताल रहने छ ।

अस्पतालका प्रमुख संरक्षक अर्जुन पौडेलले अस्पताल भवन निर्माणको लागि नक्साङ्कन र र वातावरणीय प्रभाव मूल्याङ्कनको काम तीब्र रूपमा चलिरहेको बताए । पौडेलका अनुसार विसं २०७६ माघमा आमा सुमित्रा उपाध्यायको क्यान्सरकै कारण निधन भएपछि क्षेत्रमा अस्पतालको आवश्यकता महसुस गरिएको हो । उनको दिल्लीमा उपचार गरेर ल्याएको एक वर्षपछि निधन भएको थियो । ‘हाम्रो टीमले क्यान्सर रोगको उपचार पद्धति भित्र्याउने उद्देश्यका साथ सम्भाव्यता अध्ययन गर्न बैंकक, बंगलादेश, भारत र संयुक्त राज्य अमेरिकामा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालमा पुगेर अध्ययन गरेपछि निर्माणको तयारी थालेको हो,’ उनले भने ।

अस्पताल पहिलो चरणमा १०० श्य्या क्षमताको हुनेछ । क्यान्सर स्पेसलिस्ट अस्पतालको रूपमा अस्पतालअघि बढेको छ । सिद्धार्थनगर सिटी अस्पतालकै एउटा अंगको रूपमा क्यान्सर अस्पताल सञ्चालनमा आउनेछ । अहिले पनि क्यान्सर रोगको उपचारको लागि नारायणी नेपालका पश्चिम क्षेत्रका नागरिक काठमाडौं, चितवन अथवा भारतसम्म पुग्नुपर्ने बाध्यता छ ।

बाँकेको खजुरमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल रहे पनि आवश्यक जनशक्ति र उपकरण नहुँदा उपचारमा पटक–पटक समस्या हुँदै आएको छ । क्यान्सर रोगका बिरामीहरू आफैंमा एकदमै कमजोर हुने हुनाले टाढा जानुपर्ने बाध्यात्मक परिस्थितिका कारण दुःख पाउने गरेका छन् ।

सोही कुरालाई मध्यनजर गर्दै क्यान्सर अस्पताल निर्माण गर्ने योजना बनाएको डा. सागर पोखरेल बताए । ‘आफू जन्मिएको देशमा लगानी गरौं भन्ने उद्देश्यका साथ अस्पताल निर्माण शुरू गर्न लागिएको हो,’ उनले भने ।

अर्का लगानीकर्ता हरि खत्रीले क्यान्सर रोगको सबै खालको उपचार हुनेगरी अस्पताल सञ्चालनमा ल्याउने बताए । खत्रीले पश्चिम नेपालमा क्यान्सर रोगको उपचारलाई कठिनाइ भएको महसुस गर्दै आफूहरूले लगानी गर्न लागेको बताए ।

अस्पतालमा क्यान्सर रोगबाट परिवारको सदस्य गुमाएका तथा क्यान्सर पीडितको परिवारले पनि लगानी गर्न मिल्नेगरी उच्च प्राथमिकतामा राखिएको लगानी कर्ताहरूको भनाइ छ । भैरहवामा मेडिकल कलेज (युनिभर्सल कलेज अफ् मेडिकल साइन्स) पनि छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार