असार २६, २०८२ बिहिबार July 10, 2025

एनपिएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत

खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौँ समर्थक सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा। नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ। जिल्ला क्रिकेट संघ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो।

सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो। खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौँ समर्थक सहभागी थिए। खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो।

कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट संघका अध्यक्षसमेत रहेका मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो। त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए।

उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो। आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो। एनपिएल ट्रफी मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष महासेठले बताए।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार