असार २३, २०८२ सोमबार July 7, 2025

आज दुईवटा संसदिय समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस १६ । आज संघीय संसद् अन्तर्गत मंगलबार दुईवटा समितिको बैठक बस्दैछ। आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

सिंहदरबारस्थित समितिको कार्यालयमा अहिले बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ। छलफलका लागि अर्थमन्त्री विष्णु पौडेललाई समेत बोलाएको संसद् सचिवालयले जनाएको छ।

यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया