असार २४, २०८२ मंगलबार July 8, 2025

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी

संसद्‌ले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो ।

उनी ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनीले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए ।

संसद्‌ले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा छन् । वारेन्ट कार्यान्वयन गर्न जनवरी ६ सम्मको समय छ तर, उनीहरूले वारेन्ट विस्तारको लागि अनुरोधसमेत गर्न सक्ने छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया