असार २५, २०८२ बुधबार July 9, 2025

खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने

प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर र रुपन्देही आठभन्दा बढी पालिकाको उपस्थिति रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामपुर (पाल्पा), पुस १७ गते । जिल्लाको रामपुरमा खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो किङ्गस कप भलिबलअन्तर्गत आगामी पुस २४ देखि २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो  ।

किङ्गस क्लब रामपुरको आयोजना र भम्बक युनाइटेड युथ क्लवको सह–आयोजनामा रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा प्रतियोगिता हुने भएको हो । युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान र नयाँ खेल प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको किङ्गस क्लबका अध्यक्ष योगेन्द्र हमालले बताउनुभयो ।

प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर र रुपन्देही आठभन्दा बढी पालिकाको उपस्थिति रहने खेल संयोजक लक्ष्मण मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी समूहले दुई जना अन्य पालिकाको खेलाडी सहभागी गराउन सक्नेछन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर चर्चामा रहेका खेलाडीको समेत सहभागिता रहने मल्लले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः एक लाख एक हजार १११ रुपियाँ, ६६ हजार ६६६ रुपियाँ, ४४ हजार ४४४ रुपियाँ र २२ हजार २२२ रुपियाँसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार