असार २५, २०८२ बुधबार July 9, 2025

‘महिला क्रिकेटको विकास प्राथमिकता’

ले महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकता राखेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको विकास प्राथमिकतामा रहेको बताएका छन् ।

बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताको उद्घाटन गदै अध्यक्ष चन्द  बताए ।

अध्यक्ष चन्दले भने, “महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकतामा राखेको छ । महिला खेलाडीलाई पनि तलब दिने र उनीहरूको क्षमता अभिवृद्धि हुने खालले प्रतियोगिता आयोजना गरिरहेका छौँ ।”

पुरुष क्रिकेट मल्टी डे पर म्याटमा गइरहेको बताउँदै अध्यक्ष चन्दले महिला क्रिकेटलाई पनि वानडे पर म्याटमा लैजाने तयारी रहेको बताए । उनले भने, “नेपाली क्रिकेटमा सुदूरपश्चिमको ठूलो योगदान छ । यहाँ पूर्वाधारको अभाव छ । सरकारले यसमा ध्यान दिन जरुरी छ ।” लामो समयसम्म क्रिकेट खेलेका खेलाडीलाई सन्यासपश्चात् प्रशिक्षक र अम्पायर तालिम दिने काम क्यानले गरिरहेको छ ।

उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले क्रिकेटको माध्यमबाट नेपाल विश्वमा चिनिएको बताए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले क्रिकेटमा लागेका खेलाडीलाई क्षमता अभिवृद्धि र उमेर समूहका प्रतियोगितालाई प्राथमिकतामा राखिएको बताए । आजदेखि सुरु भएको प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार