असार २८, २०८२ शनिबार July 12, 2025

महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना संक्रमण पुष्टिः आज मात्रै काठमाडौंमा ८ जनालाई कोरोना पोजेटिभ देखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजधानी काठमाण्डौंको महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाबौद्ध क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि ३ वटा पसल सिल गरिएको छ । लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण समुदायमा फैलन सक्ने आशंका गरिएको छ ।

गणेश मन्दिर क्षेत्रमा सूचना टाँसेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न भनिएको छ । गणेश मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्दै आएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज मात्र काठमाडौंमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया