असार २६, २०८२ बिहिबार July 10, 2025

ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने

च्याम्पियनसिपमा सहभागी हुन चाहने खेलाडीले यही पुस २० गते देखि खल्ती एपबाट नाम दर्ता गराउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । ई–स्पोर्टस सङ्घ नेपाल (इशान) को आयोजनामा दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुनेभएको छ ।

फागुन ८ देखि १० गतेसम्म काठमाडौँमा हुने उक्त च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको छ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिनुभयो ।

प्रतियोगिताको छनोट चरणका खेलहरू अनलाइनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक उपस्थितिमा काठमाडौँको दशरथ रङ्गशालमा हुने आयोजकले जनाएको छ ।

अन्तिम चरणमा ई–फुटबलमा आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा दुई, डोटा टू र भ्यालोरेन्टमा ४–४ खेलाडी अन्तिम चरणमा सहभागी हुनेछन् ।

च्याम्पियनसिपको कूल पुरस्कार राशि रु २५ लाख रहेको छ । इशानका महासचिव पवन कार्कीले यो नेपाली ई–स्पोर्टकै सर्वाधिक पुरस्कार राशि रहेको बताउनुभयो । सोही राशिबाट छ विधाका विजेता, उपविजेतालाई पुरस्कार प्रदान गरिनेछ ।

च्याम्पियनसिपमा सहभागी हुन चाहने खेलाडीले यही पुस २० गते देखि खल्ती एपबाट नाम दर्ता गराउन सक्ने र दर्ता निःशुल्क रहेको आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार