असार २५, २०८२ बुधबार July 9, 2025

छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटेहाङले शुरू गर्‍यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, २० पुस : खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरिएको हो ।

छवटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प) प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३६ वटा पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्डसहित नगद रू एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खाना तथा खाजाको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले रू पाँच लाख तथा राष्ट्रिय खेलकुद परिषद्ले रू एक लाख उपलब्ध गराएको प्रतियोगिताका सहआयोजक भाषा माविका प्रधानाध्यापक राजु खड्काले जानकारी दिनुभएको छ । गाउँपालिका तथा राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकमले प्रतियोगिताका विजयीलाई पुरस्कारदेखि व्यवस्थापनसम्मको खर्च धान्नुपर्ने जनाइएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, उपप्रमुख रूपेश राई, नौँवटै वडाका वडाध्यक्ष, राजनीतिक दल, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गिन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेपाल सरकारको कार्यक्रम हो । यसले सर्वाङ्गिन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई किताबी ज्ञान मात्रले पूर्ण हुँदैन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धेरै विद्या समेटिएकाले अधिकतम उपयोगमा ल्याउन जरूरी छ ।”

प्रतियोगिताको पहिलो दिन सञ्चालन गरिएको छात्रतर्फको भलिबल प्रतियोगितामा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारले विजयी यात्रा शुरू गरेको छ । सप्तकन्या माध्यमिक विद्यालय चिप्रिङलाई १–२ ले हराउँदै भगवती दिनानाथ मावि खोटाङबजारले विजयी यात्रा शुरू गरेको हो ।

यस्तै, छात्रतर्फ एक हजार ६०० मिटर दौडमा सिम्पानी माध्यमिक विद्यालयका धिरेन राई प्रथम, विणा माध्यमिक विद्यालयका रूपेश विश्वकर्मा द्धितीय र कृष्ण माध्यमिक विद्यालयका इरान थापा तृतीय भएका छन् । छात्रातर्फ एक हजार मिटर दौडमा भाषा माध्यमिक विद्यालयकी इमा खत्री प्रथम, सिम्पानी माध्यमिक विद्यालयकी सुमित्रा खड्का द्धितीय र सप्तकन्या माध्यमिक विद्यालयी सुजता काफ्ले तृतीय भएका छन् ।

प्रतियोगिताको अवसरमा कक्षा–१ देखि कक्षा–५ सम्मका विद्यार्थीका लागि नृत्य तथा कक्षा–१ देखि कक्षा–८ सम्मका विद्यार्थीका लागि भाले जुधाइ प्रतियोगितासमेत आयोजना गरिएको जनाइएको छ । गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका विद्यार्थी सहभागी हुन पाउने नृत्य र भाले जुधाइ प्रतियोगिताका विजयीलाई विद्यालयको आन्तरिक स्रोतबाट पुरस्कारको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप आचार्यले जानकारी दिनुभएको छ ।

जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा पूरानो (विसं १९९२ साल भदौ–२ गते स्थापना भएको) विद्यालयले सहआयोजना गरेको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रस्तुत गरिएको मार्चपासमा महेन्द्रोद्धय मावि वाप्लुखा प्रथम भएको छ भने, विभिन्न सांकृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिएको थियो । गाउँपालिकाको आयोजनामा वडा नं ४ बडकादियालेमा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएपछि उक्त वडामा खेलकुद महोसत्सवकै झल्को आएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा उक्त गाउँपालिकामा वर्षेनि फरक–फरक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने गरिएको जनाइएको छ । नौँवटा वडा रहेको उक्त गाउँपकालिकामा यसअघि विणा माध्यमिक विद्यालय लिकुवापोखरीले प्रतियोगिता आयोजना गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरेका छैनन् । पालिकास्तरीय प्रतियोगितामा छनौट भएकाहरू जिल्ला हुँदै प्रदेश तथा सङ्घमा समेत सहभागी हुन पाउँछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार