माघ ४, २०८१ शुक्रबार January 17, 2025

यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टिमको घोषणा

१८ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व पूजा महतोले गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मलेसियामा हुने यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ ।्

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १५ सदस्यीय टिम घोषणा गरेको हो । १८ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन् ।

टिममा सोनी पार्खिनले उपकप्तानको जिम्मेवारी पाएकी छिन् । १५ सदस्यीय टिममा महतो, पार्खिन, सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया