असार २५, २०८२ बुधबार July 9, 2025

इङ्लिस प्रिमियर लिग : लिभरपुललाई युनाइटेडको झट्का

फुलहाम र  इपस्विच टाउनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २२ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडको झट्का लागेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा शीर्ष टोली लिभरपुल युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा लिभरपुलका लागि कोडी गाक्पोले ५९औँ र मोहम्मद सलाहले ७०औँ मिनेटमा गोल गर्नुभयो ।

यस्तै युनाइटेडका लागि लिसान्द्रो मार्टिनेजले ५२औँ र अमान्ड डायालो ट्राओरेले ८०औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । बराबरीसँगै शीर्षस्थानमा कायम रहेको लिभरपुलले १९ खेलबाट ४६ अङ्क बनाएको छ ।

२० खेलबाट २३ अङ्क बटुलेको युनाइटेड १३औँ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा फुलहाम र  इपस्विच टाउनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया