असार २७, २०८२ शुक्रबार July 11, 2025

अस्पतालको फार्मेसीमा औषधी नहुनु गैरकानुनी : स्वास्थ्यमन्त्री पौडेल

सेवाग्राहीको पटेकबाट कम खर्च हुने उपाय अपनाउन सकिने सबै उपाय अपनाउन अस्पतालको व्यवस्थापकसँग आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी भएको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कान्ति अस्पतालले चलाएको फार्मेसीमा कुनै पनि औषधी पाइदैन भन्ने गुनासो सुन्नमा आएको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी हो । विपल्पमा के हो त्यो दिन सकिन्छ । विपल्प नभएको स्थिति बनाउन पाइदैन ।”

अस्पतालमा भएको फार्मेसी राम्रोसँग सञ्चालन गर्न सकियो भने अस्पताललाई नै नाफा हुने उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “धेरै औषधी राखियो भने धेरै आम्दनी हुन्छ । आम्दानी धेरै हुने उपाय किन अपनाइदैन । कहाँ समस्या भएको हो । आफैँलाई आम्दानी हुनेमा पनि किन हेलचेक्राई गरिएको हो ।”

सरकारले पुस १ गतेबाट लागू हुने गरी फार्मेसिस्टहरुले औषधी बिक्री गर्दा अनिवार्य पोशाक (ड्रेस) लगाउनपर्ने नियम लागू गरेको मन्त्री पौडेलको भनाइ छ ।

आम नागरिकलाई कम खर्चमा औषधी उपलब्ध गराउन मूल्य समायोजन गर्न समिति गठन गरेको मन्त्री पौडेलको बताउनुभयो ।

“पाटक अस्पताल, धुलिखेल अस्पतालमा जेनेरिक औषधी लागू गर्न सम्भव हुुँदा अन्य अस्पतालमा किन नहुने ? गुणस्तरको पक्षमा समस्या हुन्छ भनिएको छ । त्यसको पनि समाधान होला नि ।” उहाँले भन्नुुभयो ।

मन्त्री पौडेलले सेवाग्राहीको पटेकबाट कम खर्च हुने उपाय अपनाउन सकिने सबै उपाय अपनाउन अस्पतालको व्यवस्थापकसँग आग्रह गर्नुभयो । उहाँले एक्सेलगायतको रिपोर्ट डिजिल बनाउन आग्रह गर्नुभयो ।

अस्पतालप्रति विश्वास भएकाले दिन प्रति दिन बिरामीको भिड बढ्दै गएको बताउनुहुँदै मन्त्री पौडेलले भएका स्रोत साधानमा थप सेवा विस्तार गर्न सकिन्छ भन्ने विषयमा कार्यरत कर्मचारीलाई अनुरोध गर्नुभयो  ।

अस्पतालमा जनशक्ति अभाव, भौतिक पूर्वधार पूर्ती गर्न कर्मचारीलाई थप सेवा सुविधा दिन विषयमा सरकारले छलफल गरी रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

कान्तिलाई उपचारत्मक सेवा उपलब्ध गराउने अस्पताल मात्रै होइन उपचार गर्ने जनशक्ति उत्पादन गर्ने अस्पतालका रुपमा विकासित गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बालबच्चाका लागि उपचार गर्ने विशिष्टिकृत क्षमता प्राप्त गर्ने जति पनि शैक्षिक कार्यक्रम छन् ति सबै कान्तिमा चल्नुपर्छ । ति कार्यक्रमहरु चलाउन सकियो भने सेवा सन्तुलन नमिलेको विषय समाधान हुन सक्ने विश्वास छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया