असार २५, २०८२ बुधबार July 9, 2025

‘राइट टु प्रोटिन’ दौड माघको दोस्रो साता

१७ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार रहेको छ । पुरुष र महिलालाई समान पुरस्कारको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ‘राइट टु प्रोटिन’ दौडको चौथो संस्करण आगामी माघ १२ गते हुने भएको छ ।

नेपाल भेटनरी संघको आयोजनामा हुने उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर सकिने सोमबार एक पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि (छात्र), ३ किमि (छात्रा) र ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ समावेश छ ।

प्रतियोगिता संयोजक सितलकाजी श्रेष्ठका अनुसार ७४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा १७ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार रहेको छ । पुरुष र महिलालाई समान पुरस्कारको व्यवस्था गरिएको छ।

हाफ म्याराथनका विजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। गत वर्षको तुलनामा ५० हजार वृद्धि गरिएको हो। त्यस्तै, उपविजेताले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौं हुने धावकले ३० हजार हात पार्नेछन्। १० किमि दौडको विजेताले ५० हजार, विद्यार्थीतर्फ ५ कीमी र हिव्लचेयर दौडमा पहिला हुनेले समान ३० हजार, विद्यार्थीतर्फकै तीन किमीका विजेताले २० हजार प्राप्त गर्नेछन्।

सबै स्पर्धाका शीर्ष पाँच खेलाडीलाई नगद पुरस्कार दिइने आयोजक नेपाल भेटेनरी एसोसिएसनका कार्यवाहक अध्यक्ष अशेष भट्टराईले बताए । प्रतियोगिताको गत वर्षको संस्करणको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दीपक अधिकारी च्याम्पियन बनेका थिए । यसपटक प्रतियोगितामा करिब ८ हजार जनाको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार