असार २७, २०८२ शुक्रबार July 11, 2025

प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण

६५ शय्याका विरामीलाई लक्षित गरी ६५ थान कम्बल सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा। लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गरेका हुन्।

सो अवसरमा उहाँले गरिब तथा विपन्न बिरामीलाई शीतलहर र चिसोबाट बच्नका लागि कम्बल सहयोग गरेको बताए । उनले भने, “दिनानुदिन चिसो बढ्दै छ, कठ्याङ्ग्रिँदो चिसोले गरिब तथा विपन्न वर्गका बिरामीलाई थप बिरामी पर्नबाट बचाउन सहयोग पुग्छ भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो । यसबाट यहाँ बस्ने बिरामीले न्यानोसँग रात काट्नेछन् ।”

शीतलहरको जोखिमले अस्पतालका बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने जनाउँदै अस्पतालका प्रमुख डा बिजेन्द्रकुमार यादवले कम्बल वितरणले बिरामीको शारीरिक र मानसिक अवस्थामा राहत पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तहले गर्नैपर्ने सहयोग अस्पतालाई गरेको आफूहरूले महसुस गरेको धारणा राखे । यस अस्पतालमा ६५ शय्या रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया