लुइसियाना। अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ। बर्ड फ्लूबाट मृत्यु हुने व्यक्ति ६५ वर्षभन्दा माथिका रहेको बताइएको छ।
लुइसियाना स्वास्थ्य विभागले चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेको बताएको छ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडसी) का अनुसार अमेरिकामा बर्ड फ्लुका कूल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ।
अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वाशिङटन, विस्कन्सिन र टेक्सास रहेका छन्।
लुइसियानामा रिपोर्ट गरिएको केस अमेरिकामा बर्ड फ्लूको पहिलो केस थियो। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया