असार २७, २०८२ शुक्रबार July 11, 2025

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको तयारी

अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै निजी, सरकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो।

कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरणविना सञ्चालनमा रहेको उजुरीपछि मन्त्रालयले यस्तो परिपत्र गरेको हो। इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार सञ्चालन नभएको उजुरी मन्त्रालयले प्राप्त गरेको छ।

जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिइ स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले इजाजतपत्र नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

‘मन्त्रालयले अनुगमन गर्दा इजाजतपत्र नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएमा नियमानुसार कारबाही गरिनेछ,’ प्रवक्ता बुढाथोकीले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया