कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कांग्रेस सभापति देउवाले गरे गलेश्वर मन्दिरको दर्शन

कांग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ता  सरकारी कार्यालयका प्रमुख लगायतले गरे सभपतिको स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, पुस २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार म्याग्दीस्थित प्रशिद्ध गलेश्वरधामको दर्शन तथा अवलोकन गर्नुभएको छ ।

आजदेखि बेनीमा सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न म्याग्दी आउनुभएका सभापति देउवाले बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर मन्दिरमा पुगेर दर्शन तथा अवलोकन गर्नुभएको हो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले सभापति देउवालाई गलेश्वर मन्दिरको धार्मिक महत्वका वारेमा जानकारी गराउनुभएको थियो ।

हेलिकोप्टरबाट गलेश्वर अवतरण हुनुभएका सभापति देउवालाई पार्टीका जिल्ला सभापति तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा (खम्बिर),संविधान सभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँ,बेनी नगरपालिकाका प्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कांग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ता  सरकारी कार्यालयका प्रमुख लगायतले स्वागत गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार