असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

थप शव भेटिन सक्ने भन्दै खोजी कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लस एन्जलस । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो ।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ ।

हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको अधाबधिक गरेको हो । थप शव भेटिन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया