मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जलेश्वर (महोत्तरी), २९ पुसः मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघे सङ्क्रान्ति) पर्वको रौनक छाएको छ । मिथिलाञ्चलमा धुमधामसँग मनाइने यो पर्वको चहलपहल अहिले यहाँका गाउँ बस्तीमा सुरु भइसकेको जलेश्वर नगरपालिका-५ का संस्कृतिविद् ध्रुव राउतले बताउनुभयो ।

यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन छ । साथै खिचडी र दही, चिउराको भोजन गर्ने चलन पनि रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताउनुभयो । पर्व सुरु हुनुभन्दा अघि नै घरघरमा तिल, चिउरा र भुजा ल्याएर लड्डु बनाउने चलन रहेको जलेश्वर–८ की रेणु मण्डल बताउनुहुन्छ ।

यहाँका महिलाका समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिकै घरमा गएर चिउरा, भुजा र तिलमा सक्खर हालेर लड्डु बनाउने भएकाले पर्वको रौनक अहिले मिथिलाको गाउँगाउँमा देख्न सकिने जलेश्वर-११ की कञ्चन बिच्छाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार