कार्तिक २९, २०८३ आइतबार November 15, 2026

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

माघे सक्रान्तिमा कालीगण्डकीमा स्नान गरी ह्षिकेश पुजाआजा गरेका अन्जानमा गरेका पाप नाश हुने र मृत्युपछि स्वर्गमा बास हुने जनबिश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाल्पा । माघे सक्रान्तिमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान र ह्षिकेशव भगवानको दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ । माघे सक्रान्तिमा कालीगण्डकीमा स्नान गरी ह्षिकेश पुजाआजा गरेका अन्जानमा गरेका पाप नाश हुने र मृत्युपछि स्वर्गमा बास हुने जनबिश्वास रहेको छ ।

रुरु क्षेत्र धाम रिडीमा जेठी, माईली र कान्छी सक्रान्तिको रुपमा परम्परादेखि तिन दिन धार्मिक मेला लाग्ने गर्दछ । रुरु क्षेत्र धाम नेपालको चार धाम मध्ये एक धाम भएकाले धार्मिक महत्व रहेको ह्षिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले बताए ।

रुरु क्षेत्र धाम धार्मिक मेला हेर्न र कालीगण्डकी स्नान गर्न पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही जिल्ला सहित भारतबाट समेत आउने गर्दछन् । रुरु क्षेत्र धाममा बनेको नेपालको नमूना ३ मुखे पुल पनि मेलाको विशेष आर्कषण बनेको छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लालाई जोड्ने पुलमा भक्तजनहरु फोटो खिच्ने, भिडियो बनाउन युवायुवतीहरुको भिडभाड रहेको छ ।

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङबाट ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बिक्रीका लागी राखिएको छ । बास बनेका सरसमान, डोको नाम्लो, डाला, पाथी, काइयो समेत किनबेच मेला हुने गर्दछ । जुम्ला र कालिकोट लगायत जिल्लाबाट ल्याएका ओखर र घाँजी गुल्मीको गुड, पाल्पाको सुन्तला मेलाका आर्कषण बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार