असार २५, २०८२ बुधबार July 9, 2025

एन्फा यू–१६ लिग फुटबलमा थ्रीस्टारले मच्छिन्द्रलाई हरायो

थ्रीस्टारको जीतमा सिर्जन श्रेष्ठ, राज बम र भुपेन्द्र बहादुर रावतले एक एक गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अखिल नेपाल फुटबल संघको आयोजनामा राजधानीमा जारी एन्फा यू–१६ लिग फुटबलमा थ्रीस्टार क्लब विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा विहीबार भएको खेलमा थ्रीस्टारले मच्छिन्द्र एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको जीतमा सिर्जन श्रेष्ठ, राज बम र भुपेन्द्र बहादुर रावतले एक एक गोल गरेका थिए ।

३७ औं मिनेटमा सिर्जन श्रेष्ठले गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाएका थए । ४४ औं मिनेटमा राज बमले गोल गरेपछि थ्रीस्टारलले अग्रता पहिलो हाफमै दोब्बर गर्‍यो ।

पहिलो हाफमा २ गोल खाएको मच्छिन्द्रले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरको थियो । थ्रीस्टारले ६३ औं मिनेटमा अग्रता तेब्बर बनायो । थ्रीस्टारका लागि भुपेन्द्र बहादुर रावतले गोल गरेका थिए । त्यसपछि थप गोल नहुँदा थ्रीस्टार अन्ततः ३–० को सहज जीतका साथ तालिकामा ३ अंक थप्न सफल भयो ।

यो खेलमा थ्रीस्टारका सौरभ बमजन प्लेयर अफ दी म्याच घोषित भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार
आईपीएलको ब्रान्ड मूल्य १८.५ अर्ब डलर पुग्यो, आरसीबी शीर्षमा
२०८२ असार २५, बुधबार
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार