काठमाण्डौः अखिल नेपाल फुटबल संघको आयोजनामा राजधानीमा जारी एन्फा यू–१६ लिग फुटबलमा थ्रीस्टार क्लब विजयी भएको छ ।
एन्फा मैदान सातदोबाटोमा विहीबार भएको खेलमा थ्रीस्टारले मच्छिन्द्र एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको जीतमा सिर्जन श्रेष्ठ, राज बम र भुपेन्द्र बहादुर रावतले एक एक गोल गरेका थिए ।
३७ औं मिनेटमा सिर्जन श्रेष्ठले गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाएका थए । ४४ औं मिनेटमा राज बमले गोल गरेपछि थ्रीस्टारलले अग्रता पहिलो हाफमै दोब्बर गर्यो ।
पहिलो हाफमा २ गोल खाएको मच्छिन्द्रले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरको थियो । थ्रीस्टारले ६३ औं मिनेटमा अग्रता तेब्बर बनायो । थ्रीस्टारका लागि भुपेन्द्र बहादुर रावतले गोल गरेका थिए । त्यसपछि थप गोल नहुँदा थ्रीस्टार अन्ततः ३–० को सहज जीतका साथ तालिकामा ३ अंक थप्न सफल भयो ।
यो खेलमा थ्रीस्टारका सौरभ बमजन प्लेयर अफ दी म्याच घोषित भए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया