श्रावण ३, २०८२ शनिबार July 19, 2025

टोटनह्यामलाई २–१ गोल अन्तरले हराउदै आर्सनल दोस्रो स्थानमा उक्लियो

आर्सनल दोस्रो स्थानमा उक्लिएको छ र शीर्ष स्थानको लिभरपूलसँगको दूरी चार अंकमा सीमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इङलिश प्रिमियर लिग अन्तर्गत नर्थ लन्डन डर्बीमा आर्सनलले टोटनहमलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

गएराती एमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले महत्वपूर्ण जित निकालेको हो । खेलमा टोटनह्यामले खेलको २५औं मिनेटमा सन ह्युङ–मिनले गोल गर्दै अग्रता दिलाएपनि खेलमा आर्सनलले कमब्याक गरेको थियो ।

खेलको ४०औं मिनेटमा डोमिनिक सोलाङ्केले आत्मघाती गोल गरेपछि आर्सनल खेलमा फर्किएको तिह्यो । त्यसपछि लिन्ड्रो ट्रोसार्डले ४४औं मिनेटमा गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाएका थिए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र आर्सनल २–१ ले विजयी भयो ।

यो जितसँगै २१ खेलमा ४३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ र शीर्ष स्थानको लिभरपूलसँगको दूरी चार अंकमा सीमित गरेको छ ।

एक खेल कम खेलेको लिभरपूलको ४७ अंक रहेको छ । त्यसैगरी २१ खेलमा २४ अंकका टोटनह्याम भने १३औं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार