कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

बागमतीमा आजबाट बृहत निःशुल्क आँखा परीक्षण शिविर सुरु

शुक्रबारबाट सुरु भएको आँखा परीक्षण शिविर क्रमशः नगरका विभिन्न वडाका आठ स्थानमा माघ ११ गतेसम्म सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही, माघ ४ गते । सर्लाहीको बागमती नगरपालिकामा आजबाट बृहत आँखा परीक्षण शिविर सुरु भएको छ । नगरपालिका कार्यालयले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग समन्वय गरी निःशुल्क आँखा शिविर प्रारम्भ गरेको हो ।

शुक्रबार पहिलो दिन बागमती नगरपालिका –९, स्थित जनजागृति प्राथमिक विद्यालय लालबन्दी टोलमा आयोजना गरिएको शिविरमा २४० जनाको आँखा परीक्षण गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले जानकारी दिनुभयो ।

रायमाझीका अनुसार २४० जनाको आँखा परीक्षण गरिएकोमध्ये ४३ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । मोतिया बिन्दुका ती बिरामीलाई माघ १२ गतेदेखि १४ गतेसम्म बागमती नगरपालिका –५, स्थित जनता माध्यमिक विद्यालय सोल्टीमा आयोजना हुने मोतिया बिन्दुको शल्यक्रिया शिविरमा निःशुल्क शल्यक्रियाको प्रवन्ध मिलाइएको स्वास्थ्य शाखा संयोजक रायमाझीले बताउनुभयो ।

शुक्रबारबाट सुरु भएको आँखा परीक्षण शिविर क्रमशः नगरका विभिन्न वडाका आठ स्थानमा माघ ११ गतेसम्म सञ्चालन गरिनेछ । आठ ठाउँमा शिविर सञ्चालन गर्दा फेला परेका मोतिया बिन्दुका सोल्टीस्थित विद्यालयमा भेला पारेर माघ १२ गतेदेखि १४ गतेसम्म शल्यक्रियाको व्यवस्था मिलाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बागमती नगरपालिकाले वर्षेनी गर्दै आइरहेको निःशुल्क आँखा परीक्षण शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया कार्यक्रम यो वर्ष समेत गरी छैठौं पटक सुरु भएको हो । शिविरमा आँखा परीक्षण तथा मोतिया बिन्दुको शल्यक्रियाका लागि तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँबाटै चिकित्सक र प्राविधिक बागमती आएका छन् । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा
२०८३ कार्तिक ६, शुक्रबार
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
२०८३ कार्तिक ६, शुक्रबार