कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गरौँ’

हेटौंडालाई नमुना शहरको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार र शुक्रवार चलेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले घरजग्गा व्यवसायलाई उत्पादनमूलक र पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरूले घरजग्गा महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी रियल स्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडामा अब पनि निजी क्षेत्रलाई समेटेर लगानी प्रवर्द्धन गर्न नसके बागमती प्रदेशको राजधानी नाम मात्रैको राजधानी हुने बताए । उनले स्थानीय सरकार निजी क्षेत्रलाई लगानी प्रवर्द्धनका लागि आवश्यक वातावरण सिर्जना गर्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गर्ने अवधारणासहित आफूहरू हेटौँडा पुगेको बताए । उनले प्रदेश र स्थानीय सरकारले महासंघका अवधारणा स्वीकार गर्ने र सहयोग गर्ने भनिसकेको भन्दै अब हेटौंडामा जग्गा तथा आवासमा लगानी बढ्ने विश्वास व्यक्त गरे । उनले राम्रो काम गरे सबैले साथ दिने भएकाले व्यवस्थित शहर बनाउन सबै लाग्नुपर्ने आवश्यकता औँल्याए । हेटौंडालाई नमुना शहरको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्रीबिच अन्ताल्यामा द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार