मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आइसिसी यु–१८ महिला टी–२० विश्वकपमा नेपालको खराब सुरुवात

नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, माघ ५ गते । नेपालले मलेसियाका जारी आइसिसी यु–१८ महिला टी–२० विश्वकपमा खराब सुरुवात गरेको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा शनिबार भएको समूहको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो । जितका लागि ५३ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

बङ्गलादेशका लागि सदिन इस्लामले सर्वाधिक १६ रन बनाउनुभयो । कप्तान सुमैक्या अख्तरले १२ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।बलिङमा रचना चौधरी, रिया शर्मा, सिमाना केसी र कप्तान पूजा महतोले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १८.२ ओभरमा सवै विकेटको क्षतिमा ५२ रनममा समेटिएको थियो । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाउनुभयो । सिमाना केसीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न बङ्गलादेशकी जन्नातुल मोउआले दुई तथा निशिता अख्तर निशी, फहोमिदा चोया, मस्ट अनिशा अख्तर सोबाले एक एक विकेट लिनुभयो । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ । तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार