असार २६, २०८२ बिहिबार July 10, 2025

किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका-२ का लक्ष्मण थापामगरले वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।

थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन् । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवा उत्पादन तथा बिक्री भइरहेको छ ।

उनले आलिताल -२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी-२ कुस्मालीमा पनि स्थापना गरेका छन् । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको बताए ।

फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिए । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट एक सय ५० का दरले बिक्री गरिरहेको उनले जानकारी दिए । डेढ रोपनी क्षेत्रफलमा उनले किवीको बेर्ना उत्पादन गरिरहेको छ । किवीको बेर्ना जोगाउन एक-एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताए । बेर्ना बिक्री गरेरै वार्षिक पाँच लाख आम्दानी गरिरहेको थापाले आफूले किवीखेती सुरु गर्दा प्रतिबोट पाँच सयका दरले किनेर लगाएको बताए ।

अहिले डडेल्धुरा जिल्लामा ४०-५० किसानले किवीखेती गर्दै आएका छन् । सुरुमा एक पटक लगानी गरेपछि ४०-५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए ।उनले भने, ‘किवी खेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुँदा त्यसतर्फ किसान बढी आकर्षित भएका छन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार