काठमाण्डौंः सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाली बजारमा सुनले दिनानुदिन नयाँ रेकर्ड बनाएसँगै सुन किनबेचमा पनि कमी आएको छ ।
आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ ।
आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया