असार २६, २०८२ बिहिबार July 10, 2025

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा पण्डित नियुक्त

चिकित्साशास्त्रमा २३ वर्ष बिताएका पण्डित वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा परिचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर (धनुषा) । वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा नियुक्त गरिएको छ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पण्डितलाई उक्त पदमा नियुक्त गरेका हुन्।

चिकित्साशास्त्रमा २३ वर्ष बिताउनुभएका पण्डित वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा परिचित छन्। उनले आजै पदभार ग्रहण गरेका छन्।

यसअघि प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशकको जिम्मेवारी सम्हालिसकेका उनको कार्यकाल पाँच वर्षको रहनेछ। प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त रहेको थियो। पण्डितको नियुक्तिपछि अब प्रतिष्ठानको शैक्षिक कार्यमा सुधारको अपेक्षा गरिएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु भएको छ। पहिलेदेखि नै चिकित्सा विज्ञानका चार विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तरको पठनपाठन हुँदै आएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार