माघ ९, २०८२ शुक्रबार January 23, 2026

वर्तमान सरकारप्रति जनताको भरोसा छ: सञ्चारमन्त्री गुरुङ

जनताको भरोसा टुट्न नदिन सरकार सबै क्षेत्रमा सुधारतर्फ अघि बढिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताएका छन्।

सोमबार मध्यनेपाल नगरपालिका–१ जीतास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र, सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार, शिक्षा स्वास्थ्य खानेपानी, बिजुलीदेखि विविध क्षेत्रको सुधार गर्दै देश समृद्धितर्फ अघि बढिरहेको बताए।

जनताको भरोसा टुट्न नदिन सरकार सबै क्षेत्रमा सुधारतर्फ अघि बढिरहेको उनको भनाइ थियो।

सरकारको पहिलो प्राथमिकता जनताको सेवा, आर्थिक क्षेत्र र सुशासन रहेको बताउँदै सञ्चारमन्त्री गुरुङले भने, ‘जनता र मुलुकको विकासलाई ध्यानमा राखेर सरकारले काम गरिरहेकाले चाँडै विकासले फड्को मार्ने छ।’

वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचन सम्मै कायम रहने उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार