कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

यी हुन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रदेशका केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

लुम्बिनी प्रदेश समसामयिक कर, राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रलाई स्वीकृति प्रदान गर्ने, लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जग्गाको व्यवस्थापनको लागि प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरेर पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशका केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरेको छ । साथै डा. ओम अर्याललाई प्युठान अस्पताल र त्यहाँ कार्यरत रहेका ११ औँ तहका डा.विनोद सिंहलाई रोल्पा अस्पतालमा खटाउने समेत बैठकले निर्णय गरेको छ ।

गत वर्षको दायित्व भुक्तानी दिने बारेमा पनि बैठकले निर्णय गरेको छ । ‘गत बर्ष काम सम्पन्न भएको तर, भुक्तानी दिन बाँकी रहेकाको हकमा बैठकले निर्णय गरेर निकास दिएको छ’प्रवक्ता तथा मन्त्री पन्थीले भन्नुभयो,‘काम सम्पन्न भएर पनि भुक्तानी नपाएकाहरूले अव भुक्तानी पाउनेगरी निर्णय भएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्रीबिच अन्ताल्यामा द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार