कार्तिक २९, २०८३ आइतबार November 15, 2026

ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माणका लागि शिलान्यास

माटो इँटा र काठको प्रयोगबाट मन्दिर दुई तल्लाको प्यागोडा शैलीमा निर्माण हुने र शिरमा गजुर राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ७ माघः पशुपति क्षेत्रमा रहेको काठमाडौँ महानगरपालिका–८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको ब्रह्मा मन्दिर पुनःनिर्माण हुने भएको छ । उक्त मन्दिर पुनःनिर्माणका लागि आज शिलान्यास गरिएको छ ।

छैटौँदेखि सातौँ शताब्दीको उक्त मन्दिरको आज विधिपूर्वक पूजा अर्चनासहित शिलान्यास गरिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगत र महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

“काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागले निर्माण गर्न लागेको ब्रह्मा मन्दिरको लागत करिब रु एक करोड १४ लाख ६८ हजार दुई सय ६९ रहेको छ,” सम्पदा तथा पर्यटन विभाग प्रमुख एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगतले भन्नुभयो ।

ब्रह्मा मन्दिर २०८२ साल साउन २६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । माटो इँटा र काठको प्रयोगबाट मन्दिर दुई तल्लाको प्यागोडा शैलीमा निर्माण हुने र शिरमा गजुर राखिने जनाइएको छ ।

एक सय वर्षभन्दा अगाडिदेखि भग्नावशेषका रूपमा रहेको यो मन्दिरको २०७९ साल माघमा पुनः निर्माणका लागि क्षमा पुजा गरिएको थियो । तत्कालीन अवस्थामा पुरातत्व विभागबाट पास भएको नक्सामा शिलान्यास गरिएको थियो । मन्दिरको जग खोज्दै जाँदा जग ठुलो भएकाले पुनः पुरातत्वविद् एवं इञ्जिनियरसँग छलफल गरेर यसको शैलीमा परिवर्तन गरिएको हो । हाल भग्नावशेष रहेको आधारमानै निर्माण गर्न लागिएको वडाअध्यक्ष संगतले बताउनुभयो ।

टेन्डर प्रक्रियाद्वारा मन्दिर निर्माण गर्न लागिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन विभाग, कोष, पुरातत्व विभाग, वडा–८ सहितका निकायको समन्वयमा पुनःनिर्माणको पहल गरिएको हो ।

ब्रह्मा भगवान्को मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी कार्यालयमा रहेको छ । मन्दिर निर्माणपछि त्यहीँ राख्ने तयारी छ । मिडिना कन्ट्रक्सन प्रालिले उक्त मन्दिर निर्माण गर्न लागेको हो । मन्दिरको ऐतिहासिकतालाई जोगाइ पुनःनिर्माण गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार