काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाई व्यक्त गर्नुभएको छ । उहाँले साेमबार राती ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको जनाउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छ। हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन म प्रतीक्षारत छु।’
ट्विटमार्फत ओलीले ट्रम्पको सफल कार्यकालका लागि शुभेच्छा प्रकट गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया